बैतडी
जिल्लाको धार्मिक तथा साँस्कृतिक प्रसिद्द निङ्गलाशेनी मन्दिर सुदुपश्चिम प्रदेशकै
एउटा पर्यटकीय स्थलको रुपमा रहेको छ ।यस मन्दिरको अर्को नाम निङ्गलाशेनी भगवती
मन्दिर पनि हो जुन दशरतचन्द नगरपालिका को देहिमाण्डु स्थानमा पर्दछ । यो धार्मिक
स्थल बैतडी जिल्लाको सदरमुकामबाट करिब 20 किलोमिटर
टाढा रहेको छ । बैतडी जिल्लाकै सबैभन्दा ठुलो धार्मिक यस मन्दिरमा चाड पर्वको
समयमा लाखौ भक्तहरुको भीड हेर्न पाईन्छ ।यस मन्दिरको निर्माणमा विभिन्न काठ तथा
ढुङ्गाको प्रयोग भएको तथा चारैतिर पर्खाल रहेको छ भने चारैतिर हरिया रुखहरुले
मन्दिरको सुन्दरता झन बढाएको छ ।
यस मन्दिरको स्थापना हजारौ वर्ष
पहिले भएको मान्यता रहेको छ भने मन्दिर परिसर मा आधुनिक तकनिकले सजाईएको छ ।
धार्मिक मान्यता बोकेको यस
मन्दिरले यस क्षेत्रलाई विभिन्न प्राकृतिक प्रकोप तथा विपत्तिहरु बाट रक्षा गर्ने
मान्यता यहाँका स्थानीयहरुको रहेको छ ।
No comments:
Post a Comment