सिद्धबाबा मन्दिर, ब्रहमदेव कञ्चनपुर (Siddhanath Temple, Brahmadev Kanchanpur)

 सिद्धबाबा मन्दिर, ब्रहमदेव कञ्चनपुर  (Siddhanath Temple, Brahmadev Kanchanpur)

    सिद्धबाबा मन्दिर कञ्चनपुर जिल्लाको  भीमदत्त नगरपालिका वडा नं ९ को हमदेव बजार ( टुडीखेल ) स्थित अवस्थित एउटा धार्मिक स्थल हो यहाँका प्राचीन सिद्धनाथ देवता कत्युरी वंशका राजा ब्रह्रमदेव को राज्यकालमा भन्दा पहिले स्थापना गरिएको विश्वास छ । बैजनाथ देवतासँग पूर्णागिरी माता र कालिका देवी (कलपठ्ठे) पनि स्थापित छन् । महाकाली नदीको पश्चिममा पूर्णगिरीमाता र महाकाली नदीको पूर्वमा त्रिशुली गुफा थियो । यस त्रिशुली गुफामा सिद्धनाथ नामका तपस्पी बस्दथे । उनलाई माता पूर्णागिरीको दर्शन गर्ने चाहना जाग्यो । सिद्धनाथ बाबा आफ्नो बृद्ध अवस्थामा त्यहाँको त्रिशुली गुफाबाट पूर्णागिरीमाताको दर्शन गर्न निस्के र उनी हिड्न नसक्ने भएपछि आफुलाई पूर्णागिरीमाताको स्थान सम्म पुगाई दिन अनुरोध गरेपछि डोटी क्षेत्रबाट घिउ बेच्न हिडेका एक जनाले आफ्नो डोकोमा सिद्धनाथ बाबालाई राखेर महाकाली नदी तर्न थाले यही समयमा पूर्णागिरीमाताको आकाशबाँणी भयो र भन्नुभयो बैजनाथबाबा तपाई दुःख नगर्नुहोस जो भक्तले मेरो दर्शन गर्नेछ उसले फर्केर तपाईको पनि दर्शन गर्नेछ ।" र पछि बाबा  सिद्धनाथ राजा ब्रह्मदेवले बसाएको ऐतिहासिक ब्रह्मदेव मण्डिको ५२ ढोका भनिने स्थानको दक्षिण झण्डै तीनसय मिटरको दुरीमा दक्षिण तर्फ स्थापित भएका हुन् । यही स्थानबाट शिलालगेर वर्तमान कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालीकाको कटान क्षेत्रमा स्थापना गरियो । यिनै बाबा सिद्धनाथको एक अंश सिंहासनका कार्तिकेय (मोहन्याल) देवतासँग पनि सिध्द (सिद्धनाथ) देवताको नामले पूजीने गर्दछन् । प्रमूख स्थानबाट शिला ल्याएर स्थापना गरेको महेन्द्रनगर बजार नजिकै रहेको बाबा सिद्धनाथको स्थापित क्षेत्रको प्रचार प्रसार, चर्चा र महत्त्व ज्यादा भएपछि त्यहाँ बाबा सिद्धनाथको दर्शन गर्नेहरूको भिड ज्यादा हुँने गर्दछ ।


No comments:

Post a Comment