Koilahi Lake, Kailari Rural-Municipality Kailali ( कोइलही ताल कैलारी गाँउपालिका, कैलाली )

 

Koilahi Lake, situated in the western part of Kailari Rural Municipality and connected to the border of Gauriganga Municipality, is a natural treasure in Kailali district. It is located approximately 8 kilometers from Rajipur along the East-West Highway. This lake, a gift of nature, is home to various species of fish and birds. The lake has taken a step toward commercial development through the leasing of fish farming operations, which cultivate different fish species on a large scale. On the eastern side of the lake, there is a picnic spot and a religious temple, attracting both locals and visitors.

A Picturesque Destination for Picnics and Tourism

Surrounded by dense Saal trees, Koilahi Lake is a naturally stunning location. To ensure the preservation of the lake, a protective fence has been installed around it. Starting from the month of Mangsir (mid-November to mid-December), the lake attracts a large number of domestic tourists, especially for picnics and recreational activities. It is widely recognized as a popular spot for picnics and gatherings.

For visitors, a viewing tower has been constructed, offering a panoramic view of the lake and its surroundings. Despite having only 4-5 designated picnic spots, the area often sees a high influx of picnic-goers, making it a lively and sought-after destination. The natural beauty, combined with the amenities for recreation, makes Koilahi Lake a must-visit place in Kailali district.

Source of Irrigation and Local Heritage

The pristine waters of Koilahi Lake serve as a vital resource, ensuring that five villages located to the south of the lake never face irrigation shortages. Since ancient times, the local residents of these five villages have played a significant role in the preservation and promotion of the lake.
If the surrounding areas of the lake are further organized and the roads leading to the lake are properly developed, this region has the potential to become one of the most attractive tourist destinations within Kailari Rural Municipality. The natural beauty combined with its utility as an irrigation source makes Koilahi Lake a symbol of both environmental and cultural significance.

Thanks,
Suren54

सिद्धबाबा मन्दिर, ब्रहमदेव कञ्चनपुर (Siddhanath Temple, Brahmadev Kanchanpur)

 सिद्धबाबा मन्दिर, ब्रहमदेव कञ्चनपुर  (Siddhanath Temple, Brahmadev Kanchanpur)

    सिद्धबाबा मन्दिर कञ्चनपुर जिल्लाको  भीमदत्त नगरपालिका वडा नं ९ को हमदेव बजार ( टुडीखेल ) स्थित अवस्थित एउटा धार्मिक स्थल हो यहाँका प्राचीन सिद्धनाथ देवता कत्युरी वंशका राजा ब्रह्रमदेव को राज्यकालमा भन्दा पहिले स्थापना गरिएको विश्वास छ । बैजनाथ देवतासँग पूर्णागिरी माता र कालिका देवी (कलपठ्ठे) पनि स्थापित छन् । महाकाली नदीको पश्चिममा पूर्णगिरीमाता र महाकाली नदीको पूर्वमा त्रिशुली गुफा थियो । यस त्रिशुली गुफामा सिद्धनाथ नामका तपस्पी बस्दथे । उनलाई माता पूर्णागिरीको दर्शन गर्ने चाहना जाग्यो । सिद्धनाथ बाबा आफ्नो बृद्ध अवस्थामा त्यहाँको त्रिशुली गुफाबाट पूर्णागिरीमाताको दर्शन गर्न निस्के र उनी हिड्न नसक्ने भएपछि आफुलाई पूर्णागिरीमाताको स्थान सम्म पुगाई दिन अनुरोध गरेपछि डोटी क्षेत्रबाट घिउ बेच्न हिडेका एक जनाले आफ्नो डोकोमा सिद्धनाथ बाबालाई राखेर महाकाली नदी तर्न थाले यही समयमा पूर्णागिरीमाताको आकाशबाँणी भयो र भन्नुभयो बैजनाथबाबा तपाई दुःख नगर्नुहोस जो भक्तले मेरो दर्शन गर्नेछ उसले फर्केर तपाईको पनि दर्शन गर्नेछ ।" र पछि बाबा  सिद्धनाथ राजा ब्रह्मदेवले बसाएको ऐतिहासिक ब्रह्मदेव मण्डिको ५२ ढोका भनिने स्थानको दक्षिण झण्डै तीनसय मिटरको दुरीमा दक्षिण तर्फ स्थापित भएका हुन् । यही स्थानबाट शिलालगेर वर्तमान कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालीकाको कटान क्षेत्रमा स्थापना गरियो । यिनै बाबा सिद्धनाथको एक अंश सिंहासनका कार्तिकेय (मोहन्याल) देवतासँग पनि सिध्द (सिद्धनाथ) देवताको नामले पूजीने गर्दछन् । प्रमूख स्थानबाट शिला ल्याएर स्थापना गरेको महेन्द्रनगर बजार नजिकै रहेको बाबा सिद्धनाथको स्थापित क्षेत्रको प्रचार प्रसार, चर्चा र महत्त्व ज्यादा भएपछि त्यहाँ बाबा सिद्धनाथको दर्शन गर्नेहरूको भिड ज्यादा हुँने गर्दछ ।


Bedkot Lake, Bedkot Municipality Nepal ( बेदकोट ताल, कञ्चनपुर )

A Natural and Cultural Treasure in Kanchanpur

Bedkot Lake, located in the Kanchanpur district of Nepal, is a stunning destination known for its cultural, religious, and natural significance. Situated approximately 11 kilometers north of Daiji Chowk in Bedkot Municipality, the lake rests at the base of the Chure hills, which form the boundary between Dadeldhura and Kanchanpur districts. A temple near the lake attracts many visitors seeking spiritual blessings and peace.

Encircled by lush green hills, Bedkot Lake offers breathtaking views and a peaceful atmosphere. Its tranquil environment draws thousands of visitors every year who come to experience its natural charm and find solace. The temple located near the lake adds a spiritual dimension, making it a place of both relaxation and devotion.

Bedkot Municipality has taken significant steps to preserve and enhance the lake. A well-paved road now ensures easy access to the site, while regular maintenance keeps the surrounding area clean and inviting. To protect the lake's depth and prevent sedimentation, retaining walls have been constructed. Visitors can also explore a small temple on the northern side of the lake, along with two additional temples located to the east.

For those who want to enjoy panoramic views of the lake and its surroundings, a tall viewing tower has been built to the south. The lake's crystal-clear water is home to various species of fish that are easily visible, adding to its allure. These features, combined with effective management, make Bedkot Lake a promising destination for both local and international tourists. With continued efforts in conservation and promotion, Bedkot Lake has the potential to become one of the most iconic tourist attractions in Kanchanpur district. Its blend of natural beauty, cultural heritage, and modern amenities ensures that it remains a treasured spot for generations to come.

Thanks,

Suren54

निङ्गलाशेनी मन्दिर, बैतडी (Ninglasheni Temple, Baitadi)

बैतडी जिल्लाको धार्मिक तथा साँस्कृतिक प्रसिद्द निङ्गलाशेनी मन्दिर सुदुपश्चिम प्रदेशकै एउटा पर्यटकीय स्थलको रुपमा रहेको छ ।यस मन्दिरको अर्को नाम निङ्गलाशेनी भगवती मन्दिर पनि हो जुन दशरतचन्द नगरपालिका को देहिमाण्डु स्थानमा पर्दछ । यो धार्मिक स्थल बैतडी जिल्लाको सदरमुकामबाट करिब 20 किलोमिटर टाढा रहेको छ । बैतडी जिल्लाकै सबैभन्दा ठुलो धार्मिक यस मन्दिरमा चाड पर्वको समयमा लाखौ भक्तहरुको भीड हेर्न पाईन्छ ।यस मन्दिरको निर्माणमा विभिन्न काठ तथा ढुङ्गाको प्रयोग भएको तथा चारैतिर पर्खाल रहेको छ भने चारैतिर हरिया रुखहरुले मन्दिरको सुन्दरता झन बढाएको छ ।

यस मन्दिरको स्थापना हजारौ वर्ष पहिले भएको मान्यता रहेको छ भने मन्दिर परिसर मा आधुनिक तकनिकले सजाईएको छ ।

 

धार्मिक मान्यता बोकेको यस मन्दिरले यस क्षेत्रलाई विभिन्न प्राकृतिक प्रकोप तथा विपत्तिहरु बाट रक्षा गर्ने मान्यता यहाँका स्थानीयहरुको रहेको छ ।

घटालस्थान बाबा मन्दिर, डडेलधुरा (Ghatalsthan Baba Temple, Dadeldhura)

घटालस्थान बाबा मन्दिर डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं ७ मा अवस्थित छ । घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ र २ गते मेला लाग्छ । त्यहाँका धामीहरूले आआफ्ना समस्या समाधानका निम्ति गएकाहरूलाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिन्छन् । देउताको प्रभाव र शक्तिलाई कसैले चुनौति दिए भने मूल धामी तिलकसिंह विष्टले आफूले बालुवा खानुका साथै अरु धामीलाई पनि खुवाएर शक्ति देखाउने गर्छन् । स्थानीयवासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्दछन् । धामीहरूले पहिले-पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंबदन्ती स्थानीय रूपमा प्रचलित छ । मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दावी गर्ने गर्छन् । आफ्नो मनोकामना पुरा भएकाहरूले यहाँ बोका, राँगा, भेडा, कुखुरा जस्ता पशुपंक्षी बली दिन्छन् । किंवदन्ती अनुसार राजा नागी मल्लकी पुत्र विहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लग्न नसकिएपछि त्यहीं नै घटालबाबा स्थापना गरिएको बताइन्छ । डडेल्धुरा ,डोटी लगायतका पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पुरा गरिदिने जनविश्वास रहेको पाइन्छ । खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्छन्



Ugratara Temple, Dadeldhura District उग्रतारा मन्दिर, डडेल्धुरा



उग्रतारा मन्दिर सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय मन्दिर हो। यो मन्दिर डडेल्धुराबाट करिब चार किलोमिटर पश्चिममा अमरगढी नगरपालिका७ स्थित छ । यो मन्दिर नेपालको सुदूर पश्चिममा रहेका नौ भगवती मन्दिर मध्ये एक मानिन्छ। यो प्यागोडा शैलीमा बनाइएको छ। यो हिन्दू धर्मको धार्मिक रूपमा महत्त्वपूर्ण मन्दिर हो र यसको कला र वास्तुकलामा पनि धनी छ। देवी पार्वतीको मूर्ति मन्दिरको मुख्य मूर्ति हो।

मन्दिर रहेको ठाउँ नजिकैको लतौली गाउँमा धेरै वर्षदेखि सांकीहरू बसे । यो अहिलेको स्थलाकृतिबाट प्रष्ट हुन्छ । लतौलीका साँकी जातिहरू हालको मन्दिरको वरिपरि खेतीपाती गर्थे। एक दिन सोही साँकी (साँकी) जातका किसान हलो जोतिरहेको बेला हलोको थुप्रो ढुङ्गामा हानेर ढुङ्गाबाट निरन्तर रगतको धारा बगिरहेको थियो । देखेपछि किसानले आफूले ल्याएको खानेकुरा रगत बग्ने ठाउँमा लगाइदिए र रगत बग्न बन्द भयो । त्यसपछि त्यही ढुङ्गा सुरक्षित गरेर उग्रतारा भगवती मन्दिर बनाइएको थियो ।पछि डोटीका राजा नागा मल्लले मन्दिरको जीर्णोद्धार गरेका थिए र राजा वीरेन्द्रले पनि थप जीर्णोद्धारमा सहयोग गरेका थिए।